सवारी दुर्घटनामा एकै कार्यालयका दुई कर्मचारीको निधन

डिसी नेपाल
१७ चैत २०८२ १७:१३
3.5k
Shares

धनगढी । दार्चुलामा मंगलबार बिहान भएको जिप दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन्।

शैल्यशिखर नगरपालिका–४ ओशिलको भित्री सडकमा सुपप्र०१–००१ ज १६४१ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो। निधन हुनेमा शैल्यशिखरा–१ बस्ने ४५ वर्षका भरत तितरा र मालिकार्जुन–७ बस्ने ३५ वर्षीया मनिसा पाल रहेका छन्।

पाल जलस्रोत तथा सिचाई डिभिजन कार्यालय दार्चुलामा अधिकृत छैटौ (अधिकृत इन्जिनियरिङ) पदमा कार्यरत थिइन् भने सहायक पाचौँ तितरा (सिनियर एशोसियसन अग्रनाइजेशन अफिसर) थिए।

दुवै जना काडापारी साइड भिजिटमा गएका थिए। उनीहरूको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *