घुस लिँदै गर्दा पक्राउ

डिसी नेपाल
१७ चैत २०८२ १८:४४
8.5k
Shares

काठमाडौं । घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली २० हजार घुस लिँदै गर्दा ३५ वर्षीय सई दिनेश राउतलाई पक्राउ गरेको छ।

उनलाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोपमा पक्राउ गरिएको हो।

गहनापोखरीस्थित ग्रिन स्टार क्याफेबाट २० हजार घुससहित उनी ५ बजे रंगेहात पक्राउ परेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *