हवाई इन्धनमा भारी मूल्य वृद्धि
काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनमा भारी मूल्य वृद्धि गरेको छ। निगमले एक विज्ञप्ति जारी गर्दै आज मध्यराति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको जनाएको छ।
भारतले पठाएकाे नयाँ मूल्यसूची अनुसार निगम सञ्चालक समितिले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर ८१९ ले बढाएकाे छ। हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेक इभन पोइन् (न नाफा, न घाटा) मा बिक्री मूल्य कायम गरिएको छ।
साथै, अर्को मूल्य समायोजन नहुँदासम्मका लागि पेट्रोल, डिजेल/मट्टीतेल र एलपी ग्यासको साविक खुद्रा मूल्यलाई नै यथावत राखिएको निगमले जनाएकाे छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४१ रुपैयाँ ६० पैसा, डिजलमा प्रतिलिटर ९४.९३ रुपैयाँ तथा हवाई इन्धनमा प्रति लिटर १२३. ८ र एलपी ग्यासमा प्रति सिलिण्डर १९०.३६ रुपैयाँले वृद्धि भएर आएको छ।








डिसी नेपाल







Facebook Comment