कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव
काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर गतिविधि र पुराना नेताको व्यवहारप्रति असन्तुष्टि
जनाएका छन्।
सामाजिक सञ्जाल मार्फत उनले संयमित र जिम्मेवार राजनीति गर्न पनि उनले पुराना नेताहरूलाई आग्रह गरेका छन्।
कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला समूहले गरेको गतिविधि प्रति लक्षित गर्दै उनले पाका नेताहरूबाट त्यस्तो गतिविधि नसुहाउने टिप्पणी गरेका छन्।
“झगडा राजनीति हो ? झगडा नेपालीको पहिचान हो त ? हारमा झगडा, जितमा झगडा-न धैर्यता, न विधि, पाका नेताहरू पाका बन्नु पर्दैन र ? भन्दै उनले प्रश्न उठाएका छन्।
नेता भण्डारीले खड्का-कोइराला समूहको गतिविधिलाई घुमाउरो तरिकाले गतिछाडा गतिविधिको संज्ञा दिएका छन्। उनले गलत सन्देश दिने गतिविधि पाका नेताहरूबाट हुनु दुर्भाग्यपूर्ण रहेको आशय व्यक्त गरेका छन्।
नेता भण्डारीका अनुसार लोकतान्त्रिक अभ्यासभित्र विचार फरक हुन सक्छ, तर त्यसलाई झगडा र विभाजनतर्फ लैजानु गलत हो। उनले सबै नेता–कार्यकर्तालाई पार्टीको विधि र मूल्य-मान्यताभित्र रहेर जिम्मेवार ढंगले अघि बढ्न आह्वान गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment