आन्तरिक कमजोरीले बाह्य हस्तक्षेप बढ्छ : एनपी साउद

डिसी नेपाल
२१ चैत २०८२ १९:४८
64
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्रीनारायण प्रकाश साउदले नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, सुरक्षा र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन्। राष्ट्रिय जनमोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले परराष्ट्र नीति र निर्वाचनबीच आन्तरिक र बाह्य सन्तुलन आवश्यक रहेको उल्लेख गरे।

नेपालको संविधानले असंलग्न परराष्ट्र नीतिलाई आत्मसात गरेको स्मरण गराउँदै उनले व्यावहारिक रूपमा पनि यही नीति उपयुक्त हुने बताए। भारत र चीनजस्ता उदीयमान अर्थतन्त्रबीच रहेको नेपालले आफ्नो परराष्ट्र नीतिलाई आर्थिक विकाससँग जोड्नुपर्ने उनले औँल्याए।

उनले बढ्दो व्यापार घाटा र परनिर्भरताप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्न नसकिए भविष्यमा असन्तोष बढ्न सक्ने चेतावनी दिए। साथै, राजनीतिक दलहरूबीच एकता र स्थिरता नहुँदा बाह्य प्रभाव बढ्ने उनको भनाइ थियो।

छिमेकी मुलुकहरूमा स्थिर राजनीतिक प्रणाली रहेको उल्लेख गर्दै उनले नेपालमा बारम्बार हुने सरकार परिवर्तनले विकासमा बाधा पुगेको बताए। राष्ट्रिय मुद्दामा न्यूनतम सहमति र स्थायित्व आवश्यक रहेकोमा उनले जोड दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *