उपसभामुख पदको निर्वाचन शुक्रबार हुने
काठमाडौँ, २५ चैत ।
सभामुख डोलप्रसाद अर्याल प्रतिनिधसभाको बुधबार बसेको बैठक सञ्चालन गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौं। उपसभामुखको निर्वाचन यही चैत २७ मा हुने भएको छ। आजको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी दिएका छन्।
उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ। सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ। तर, प्रतिनिधिसभामा एउटै दलको मात्रै प्रतिनिधित्व भएको वा एक भन्दा बढी दल भएपनि एकल उम्मेदवारी परेको अवस्थामा सभामुख र उपसभामुख दुवै एउटै दलको पनि हुन सक्दछ।
प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन्। प्रतिनिधिसभामा रास्वपा दुई तिहाइ नजिक छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन्। नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद् छन्।
संसदमा हाल रास्वपाले जसलाई समर्थन गर्यो उही दलको उम्मेदवार उपसभामुखमा निर्वाचित हुने पक्का छ।







डिसी नेपाल







Facebook Comment