रास्वपाले धोका दिएपछि राप्रपाले भन्यो- प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

डिसी नेपाल
२७ चैत २०८२ १६:३९
196
Shares

काठमाडौं। ज्ञानेन्द्र बहादुर शाहीले रास्वपाको सभामुख रवि लामिछानेले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आफूहरुले उपसभामुख पदमा उम्मेदवारी दिएको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदको उम्मेदवारी प्रस्तुत गर्दै उनले उपसभामुख पद आफूहरूको प्राथमिकतामा नरहेको बताए।

उनले भने, ‘उपसभामुखको पद हाम्रा लागि प्राथमिकता थिएन र छैन् पनि। तथापी संसदको ठूलो दलबाट नै प्रस्ताव आएपछि अन्य पूराना दल र हामी परिवर्तन खोज्ने राजनीतिक दलबीचको ध्रुविकरणको संभावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं। सभापतिको सहयोगको आश्वासन प्राप्त गरेपछि उपसभामुखमा उम्मेदवारी दिएका हौं।’

उनले हिजो पूराना भनिएका दल र आज नयाँ भनिएका दलका साइनबोर्ड फरक भएपनि उनीहरूबीच नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको धाणा राखे।

उनले भने, ‘आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता प्रष्ट पारेको छ। हिजो पुराना भनिएका दल र आज आज नयाँ भनिएका दलका साइन बोर्डहरु फरक भएतापनि उनीहरुबीचको नीतिगत सिद्धान्त र विचारको नाभी एकै ठाउँमा जोडिएको प्रष्ट भएको छ। संसदमा संख्या होइन भूमिका महत्वपूर्णं हुन्छ। संख्या त केवल सत्ता टिकाइराख्न र सत्ताको गोटी भरिरहन काम लाग्ने हो।’
त्यस्तै उनले युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भने राजनीतिमा आश्वासन र धोका पनि जायज हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *