रास्वपाको प्रतिक्रिया– उपसभामुख पद संवैधानिक मर्यादाको प्रतीक
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले उपसभामुख पदका लागि सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तुत गरिएको प्रस्तावमा समर्थन जनाउँदै चौधरीले ठाकुरलाई मधेसकी छोरी भन्दै उपसभामुख पदमा चयन गरिनु उपयुक्त हुने बताएका हुन्।
उनले भने, ‘आज मधेसकी छोरी रुवी कुमारी ठाकुरलाई पार्टीको तर्फबाट उपसभामुखमा हामीले समर्थन गरेका छौं। उपसभामुख पद संसदको गरिमा, निष्पक्षता र समावेशिता संवैधानिक मर्यादाको प्रतिक हो।’
उनले उपसभामुख पद संसदको गरिमा, निष्पक्षता र समावेशिताको संवैधानिक प्रतीक भएको उल्लेख गरे। संसदभित्र संस्थागत सन्तुलन कायम गर्ने, सत्ता र विपक्षबीच मर्यादित संवाद सुनिश्चित गर्ने तथा लोकतान्त्रिक अभ्यासलाई व्यवस्थित बनाउने कार्यमा उपसभामुखको भूमिका अत्यन्त महत्वपूर्ण हुने उनले बताए।
चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी उपसभामुख पदको संवैधानिक हैसियत, संस्थागत भूमिका र निष्पक्ष कार्यसम्पादनको पक्षमा दृढतापूर्वक उभिएको पनि स्पष्ट पारे।
उनले भने, ‘संसदभित्र संस्थागत सन्तुलन कायम गर्ने,विपक्ष र सत्ता पक्षबीच मर्यादित संवाद सुशुचित गर्ने र हाम्रो लोकतान्त्रिक अभ्यासलाई सन्तुलित र व्यवस्थित बनाउने कार्यमा उपसभामुखको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदको संवैधानिक हैसियत, संस्थागत भूमिका र निष्पक्ष कार्यसम्पादनको अधिकारको पक्षमा दृढतापूर्वक उभिएका छौं।’







डिसी नेपाल







Facebook Comment