नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

डिसी नेपाल
३० चैत २०८२ २०:४५
64
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी र प्रतिबद्ध भएर काम गर्नु आजको आवश्यकता भएको बताएका छन्।

आज राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सिसं १७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमार्फत देश विकासमा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले लोकतान्त्रिक मूल्य र मान्यता, विधिको शासन तथा कानूनी राज्यको मर्मलाई पूर्णरुपमा आत्मसात गर्दै सेवा गर्न पनि अनुरोध गरे। गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बल नेपालले स्थापनकालदेखि कार्यक्षेत्रमा देखाएको क्षमता, दक्षता र व्यावसायिकतामार्फत आफ्नो औचित्यलाई सक्षम, विश्वासिलो तथा अब्बल सुरक्षा निकायका रुपमा परिचित गराएको चर्चा गरे। सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन, महत्त्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षाका क्षेत्रमा सङ्गठनले निर्वाह गरेको उल्लेखनीय भूमिकाको उनले प्रशंसा गरे।

उनले वर्तमान परिवेशमा जघन्य अपराध, सीमापार अपराध, विपद् जोखिम तथा बन्द हड्ताल जस्ता गतिविधिले मुलुकको आन्तरिक सुरक्षामा चुनौती सृजना गर्दै आएको हुँदा यस्ता क्रियाकलापको समयमै निगरानी गरी नियन्त्रणका लागि पेसागत दक्षता र संयमताका साथ परिचालन हुन सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *