पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौं : प्रधानमन्त्री शाह

डिसी नेपाल
१ वैशाख २०८३ १६:३८
64
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक्त गरेका छन्।

नयाँ वर्षको शुभारम्भ भएको अवसरमा प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उक्त शुभकामना व्यक्त गरेका हुन्।

‘नयाँ वर्षले हामी सबैको जीवनमा सकारात्मक ऊर्जा र राष्ट्रप्रतिको नवीन प्रतिबद्धता लिएर आएको छ,’ सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले भनेका छन्, ‘आउनुहोस्, हामी सबै मिलेर आपसी सद्भाव कायम राखौँ र पूर्ण निष्ठाका साथ राष्ट्र निर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *