हिमालयन रि-इन्स्योरेन्सको कार्यालय, व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घरमा छापा

डिसी नेपाल
२ वैशाख २०८३ १२:२९
160
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि-इन्स्योरेन्स कम्पनीको कार्यालयसहित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घरमा समेत छापा मारेको छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीसहित ५ कम्पनीबाट गैरकानुनी रूपमा ३ अर्बभन्दा बढी रकम हिनामिना गरेको प्रकरणमा विभागले अनुसन्धान गरिरहेको छ । अनियमिततामा सीलग्न भएको आरोप लागेका अग्रवाल शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् भने दीपक भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन्।

मंगलबार विभागले दुवैको निजी निवास र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा मारेको स्रोतको भनाइ छ । छापा मारेर अनुसन्धानका लागि आवश्यक कागजात लिएको हो । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *