गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा प्रदेश सरकार पुनर्गठन
कास्कीर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेश सरकार पुनर्गठन र कार्यविभाजनमा हेरफेर गरेका छन्। सरकारलाई थप प्रभावकारी बनाउन र सत्तारुढ दलहरूबीचको आन्तरिक शक्ति सन्तुलन मिलाउन मुख्यमन्त्रीले मौजुदा मन्त्रिपरिषद्मा नयाँ अनुहारलाई समेट्दै जिम्मेवारीमा फेरबदल गरेका हुन्।
मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले नयाँ मन्त्रीहरूको नियुक्ति र कार्यविभाजनको पत्र जारी गरेसँगै गण्डकी सरकारले नयाँ स्वरूप पाएको छ।
नयाँ मन्त्रिपरिषद्मा कांग्रेसबाट अर्थमन्त्रीमा जित शेरचन, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्दप्रसाद न्यौपाने सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ बन्दा वन तथा वातावरण नम्डु गुरुङ सहभागी भएका छन्।
एमालेबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामा गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटनमा यशोदा रिमाल, कृषि, भूमि व्यवस्था तथा सहकारीमा लक्ष्मण पाण्डे र स्वास्थ्यमा भीम कार्कीले जिम्मेवारी पाएका छन्।
यसअघि केही मन्त्रालयको कार्यभार मुख्यमन्त्री आफैँले सम्हाल्दै आएकोमा अब ती मन्त्रालयहरूले छुट्टै विभागीय नेतृत्व पाएका छन्। यस पुनर्गठनले प्रदेशको आगामी बजेट निर्माण र नीति तथा कार्यक्रम कार्यान्वयनमा गति दिने लक्ष्य राखिएको छ।
सत्ता साझेदार दलहरूभित्रको आन्तरिक विवाद र मन्त्रीका आकांक्षीहरूको व्यवस्थापन गर्दै मुख्यमन्त्री पाण्डेले समावेशी र सन्तुलित टिम बनाउने प्रयास गरेका छन्। नवनियुक्त मन्त्रीहरूले आजै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी आ-आफ्नो कार्यभार सम्हाल्नेका छन्। यस राजनीतिक कदमले गण्डकी प्रदेशको सत्ता समीकरणलाई थप मजबुत बनाएको विश्लेषण गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment