एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो
काठमाडौं। पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
यसवीचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो। अमेरिका र इजरायल गठबन्धन र इरानबीच युद्ध शुरू भई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल जस्ता मुलुकहरु माथि परेको हो।
पछिल्लो पटक निगमले बिहीबार बिहान देखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रति लिटर ३० रुपैयाँ मूल्य बढाउने निर्णय गरेसँगै अब एक लिटर डिजेलको मूल्य १४२ रुपैयाँ पुगेको छ । गत चैत १ गतेको तुलनामा यो मूल्य ६६.९० प्रतिशतले धेरै हो। चैत १ मा एक लिडर डिजेलको मूल्य १४२ रुपैयाँ थियो।
यस बीचमा पेट्रोलको मूल्य झण्डै ४० प्रतिशतले बढेको छ। चैत १ गतेसम्म १५७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अहिले २१९ रुपैयाँ पुगेको छ। त्यसैगरी, आन्तरिक तर्फको हवाई इन्धनको मूल्य पनि यस बीचमा बढेर २५६ रुपैयाँ प्रतिलिटर पुगेको छ। यसअघि चैत १९ मा निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाएर २५१ रुपैयाँ पुर्याएको थियो।
इन्धमा भएको मूल्यवृद्धिका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरीसकेको छ। प्राधिकरणका अनुसार चल्तीका हवाई रुटमध्ये काठमाडौं-भैरहवा यात्रा गर्दा अब यात्रुले अधिकतम ११ हजार १६ रुपैयाँ तिर्नुपर्ने हुन्छ।
यो रुटको भाडा २ हजार ५३५ रुपैयाँले बढेको हो। यस्तै, सबैभन्दा बढी काठमाडौं-धनगढी रुटका लागि २३ हजार ५९ रूपैयाँ तोकिएको छ। यो रुटको भाडा साविकको तुलनामा ५ हजार ४३५ रुपैयाँ बढेको हो।
यस्तै, यातायात व्यवस्था विभागले पनि यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशत र पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढाएको छ। साथै, तराइको बाटोमा हुने सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढाइएको छ।
नेपाल सरकारले पेट्रोलियम पदार्थमा सहुलियत नदिएको भने होइन। यसअघि सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको भन्सार शुल्क र पूर्वाधार विकास कर ५० प्रतिशतले घटाएको छ। यो भनेको पेट्रोलमा १७ रुपैयाँ र डिजेलमा १२ रुपैयाँ हो। तर अन्तराष्ट्रिय अभ्यास अनुसार यो अपर्याप्त भएको भन्दै सर्वसाधारणबाट सरकारको आलोचना समेत हुन थालेको छ।







डिसी नेपाल







Facebook Comment