पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान

डिसी नेपाल
५ वैशाख २०८३ १४:५८
44
Shares

काठमाडौं। हर्कराज राई (साम्पाङ) को उपस्थितिमा शनिबार पशुपतिनाथ मन्दिर परिसरमा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका साम्पाङको सहभागितामा आयोजित उक्त कार्यक्रममा सरसफाइका साथै विभिन्न श्रमजन्य कामहरू सम्पन्न गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले देशमा सरसफाइलाई तीन तहमा बुझ्नुपर्ने धारणा राखे। उनले मन, तन र वातावरणको सरसफाइ आवश्यक रहेको उल्लेख गर्दै सबै नागरिक तीनै क्षेत्रमा सक्रिय हुनुपर्ने बताए।
‘हामीले सरसफाइ गर्नुपर्छ। सरसफाइ यो देशमा तीन खालको छ–मन, तन र वातावरणको। यी तीनवटै तहका व्यक्ति वा निकायहरु सरसफाइमा लाग्नुपर्छ,’ उनले भने।

सो क्रममा पशुपति क्षेत्रमा सरसफाइका साथै आवश्यक श्रमजन्य कामहरु टोलीबाट भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *