उपसमितिले समितिको काम कारवाहीलाई प्रोडक्टिभ र चलायमान बनाउनुपर्छ : सभापति चौधरी

डिसी नेपाल
७ वैशाख २०८३ १६:३७

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमिति गठनबारे छलफल भएको छ।

सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उपसमिति गठनको ड्राफ्टमाथि छलफल गरिएको हो।

बैठकमा सभापति पूजा चौधरीले उपसमितिको काम भनेको समितिको काम कारवाहीलाई प्रोडक्टिभ र चलायमान बनाएर अगाडि बढाउनु रहेको स्पष्ट पारिन्। उपसमितिले गरेको काम कारवाही समितिमा ल्याएर छलफल भएर फेरी एक ढिक्का भएरै अगाडि बढ्ने भन्दै उनले यसलाई अन्यथा नलिन आग्रह गरिन्।

उनले भनिन्, ‘उपसमितिको काम भनेको समितिको काम कारवाहीलाई एउटा प्रोडक्टिभ र चलायमान बनाएर अगाडि बढाउनु हो। कुनै पनि उपसमितिले काम कारवाही गर्छ। त्यो अन्तिममा आउने भनेको समितिमा नै हो र समितिमा नै छलफल भएर फेरी हामी एक ढिक्का भएरै जाने हो। त्यसैले यसलाई अन्यथा नलिऊ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *