प्रवास नेपाली ज्ञान, अनुभव र राष्ट्रिय भावनाको ठूलो शक्ति हो : अध्यक्ष दाहाल
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले देशबाहिर रहेका नेपाली केवल श्रमशक्ति मात्र नभई ज्ञान, अनुभव र राष्ट्रिय भावनाको महत्वपूर्ण स्रोत भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा गैरआवसीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले प्रवासमा रहेका नेपालीले नेपालसँग जोडिएको बौद्धिक र भावनात्मक योगदान दिइरहेको उल्लेख गरे।
उनका अनुसार गैरआवसीय नेपाली संघले विश्वभर रहेका नेपालीलाई केवल सञ्जालमा जोड्ने मात्र नभई उनीहरूको अनुभव, क्षमता र चिन्तनलाई नेपालसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
उनले भने,‘देशबाहिर रहेको नेपालको ठूलो जनशक्ति केवल श्रमको जनशक्ति मात्र होइन्। त्यो ज्ञान, अनुभव र राष्ट्रिय भावनाको जनशक्ति पनि हो। यही सन्दर्भमा गैरआवसीय नेपाली संघको भूमिका अत्यन्त महत्वपूर्ण छ। यस संस्थालाई विश्वभर रहेका नेपालीलाई केवल सञ्जालमा बाँध्ने काम मात्र गरेको छैन्। नेपाली अुनभव, क्षमता र चिन्तनलाई नेपालसँग जोड्ने काम पनि गर्दै आएको छ।’
उनले सार्वजनिक गरिएको पुस्तकलाई केवल प्रकाशन सामग्रीको रूपमा नभई राष्ट्रिय बहसको प्रारम्भिक दस्तावेजका रूपमा लिनुपर्ने धारणा राखे।
उनका अनुसार ति पुस्तकको गम्भीर अध्ययन, समीक्षा र बहसमार्फत उपयोगी निष्कर्ष निकाल्न सके देश विकासमा महत्वपूर्ण योगदान पुग्नेछ।
उनले भने,‘राष्ट्रनिर्माण केवल सरकारको काम मात्र होइन्। यो साझा दायित्व हो। जहाँ राज्य, समाज ,नागरिक बुद्दिजिवी ,युवा पुस्ता, प्रवास नेपाली समुदायको उत्तिकै भूमिका हुन्छ। त्यसैले आज सार्वजनिक पुस्तकलाई म केवल प्रकाशन सामग्रीको रुपमा मात्र होइन्। राष्ट्रिय बहसका प्रारम्भिक दस्तावेजको रुपमा हेर्न चाहन्छु। यी पुस्तकको गम्भीर अध्ययन, समिक्षा र बहस गरेर उपयोगी निष्कर्ष सामाजिक सोचसँग जोड्यो भने यी पुस्तक देश विकासमा कोशेढुंगा सावित हुन्छ। देश योजनाले मात्र होइन् दृष्टिकोणले बन्छ। देश केवल नाराले बन्दैन्। देश अनुशासन र साझा प्रतिबद्धताले बन्छ।’







डिसी नेपाल







Facebook Comment