पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा
कास्की। पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्न पोखरा आउनुभएको छ। निजी भ्रमणका क्रममा उहाँ पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिँदा उहाँका समर्थकहरूले विमानस्थलमा स्वागत गरेका छन्।
पोखरामा पूर्वराजाको स्वागत र भ्रमण व्यवस्थापनका लागि समर्थकहरूले भ्रमण व्यवस्थापन समिति बनाएका छन्।
राजतन्त्र समर्थकहरूले राष्ट्रिय झन्डा हातमा लिएर उनको स्वागत हुन्। विमानस्थल परिसरमा बाजागाजासहित पूर्वराजाको स्वागत गरिएको छ। उनी एक महिना पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा बस्ने भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले जानकारी दिए। उनका अनुसार पोखरा बसाइका क्रममा पूर्वराजाले गण्डकी प्रदेशका विभिन्न धार्मिकस्थलको भ्रमण गर्नेछन्।
त्यसैगरी उनले यहाँ बसाइका क्रममा विभिन्न व्यक्तिहरूसँग भेटघाटसमेत गर्ने तालिका रहेका भ्रमण व्यवस्थापन समितिले जनाएको छ।







डिसी नेपाल







Facebook Comment