सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुकुमबासी बस्ती भत्काइएकोप्रति आक्रोश व्यक्त गरेका छन्।
आइतबार सामाजिक संजालमार्फत उनले सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो, भने प्रश्न गरे।
उनले लेखेका छन्, ‘१९०० प्रहरी खटाएर गरीब नेपाली सुकुमबासीलाई कुल्चन पठाउने निरंकुश रास्वपा सरकारले लिपुलेक र महाकालीमा कति सेना पठायो ? कि आफ्नो गाडीको ढोका खोल्ने काममै अल्झाइराछ ?’
उनले सुकुमबासी बस्ती भत्काएपछि जनता सडकमा रात बिताउन बाध्य भएको गुनासे बताए। ‘माननीय रवि लामिछानेजी कता हराउनु भयो? सरकारले के ग¥या त्यस्तो, जनता सडकमा रात बिताउन थाले हिजो देखि,’ उनले लेखेका छन्। साथै उनले सदन चाँडो खोल्न समेत आग्रह गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Gukhane kukur ko gandha audai chha hai Harka ji bichar garnush , Ke ko appatti fakaima,95% sukumbashi hoinan,sabai Gukhane kukur ka hukumbashi hun