संसदीय दलको नेता चयन गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडाैं। पार्टी संसदीय दलको नेता चयन पेचिलो बनिरहेका बेला नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजे बस्न लागेको जानकारी दिए।
बैठकमा सहभागी हुन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरिएको छ। बैठकमा पार्टी सभापति गगनकुमार थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुंगो लगाउने नेताहरूले जानकारी दिएका छन्।
कार्यसम्पादन समितिको बैठकलगत्तै आज नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ। संसदीय दलको नेता चयनको लागि बनाइएको निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको जानकारी दिए।
प्रतिनिधिसभामा ३८ जना सांसद रहेको कांग्रेसको संसदीय दलको नेतामा अर्जुन नरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदारको रुमा रहेका छन्।







डिसी नेपाल







Facebook Comment