यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

डिसी नेपाल
१६ वैशाख २०८३ ८:२२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो २२ रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २२ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ रहेको छ ।

यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाँजर (तराई) प्रतिकिलो २० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ , भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।

मटरकोसा प्रतिकिलो २० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, घिउ सिमी (राजमा) ७० रुपैयाँ, तीते करेला प्रतिकिलो २०, लौका प्रतिकिलो १५ रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ६० रुपैयाँ , परवर (तराई) प्रतिकिलो ६० रुपैयाँ, घिर्रौला प्रतिकिलो २५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो १५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो १५ रुपैयाँ, भिन्डी प्रतिकिलो ४० रुपैयाँ, बरेला प्रतिकिलो ६० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ४० रुपैयाँ र स्कुस प्रतिकिलो ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

रायोसाग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ६० रुपैयाँ, चमसुर प्रतिकिलो ६० रुपैयाँ, तोरीसाग प्रतिकिलो २० रुपैयाँ, मेथी प्रतिकिलो ६० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, राजा च्याउ प्रतिकेजी २८० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २५० रुपैयाँ , कागती प्रतिकेजी ३७० रुपैयाँ, केरा दर्जन २०० रुपैयाँ, अनार प्रतिकिलो ४३० रुपैयाँ , अङ्गुर (हरियो) प्रतिकिलो २२० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ३४० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २३० रुपैयाँ, काँक्रो(लोकल) प्रतिकिलो ३५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, रुखकटहर प्रतिकिलो ६० रुपैयाँ निर्धारण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *