सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
१६ वैशाख २०८३ १२:५२

काठमाडौं। नेपाली स्थानीय बजारमा आज (बुधबार)पनि सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ३ हजार रुपैयाँले घटेको सुनको मूल्य आजपनि ३ हजार रुपैयाँले घटेको छ।

आज सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा भइरहेको छ। हिजो सुनको भाउ २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो।

आज चाँदी पनि ३० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९१५ रुपैयाँ कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *