आइसिसी विश्वकप लिग २ : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

डिसी नेपाल
२२ वैशाख २०८३ १३:२७

काठमाडौं। आइसिसी विश्वकप लिग २ क्रिकेटअन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको हो।

इनिङ्सको सुरुआतमै विनोद भण्डारी शून्यमै आउट भएपछि नेपाल दबाबमा परेको थियो। तर त्यसपछि आसिफ शेख र अर्जुन कुमालले दोस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले।

आसिफ शेख उत्कृष्ट ब्याटिङ गर्दै ९४ रन बनाए। उनले ७ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै अर्जुन कुमालले ४८ रनको योगदान दिए भने मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे।

अन्तिमतिर आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४३ रन बनाएपछि नेपालले सम्मानजनक स्कोर पुर्‍यायो। ओमानका लागि नदीम खानले ३ विकेट लिए भने शकिल अहमद र हस्नैन शाहले समान २-२ विकेट लिए। ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *