प्रियंका चोपडाको विवाहः सत्य साबित भयो १३ वर्ष पुरानो भविष्यवाणी

डिसी नेपाल
७ भदौ २०७५ १२:५४

मुम्बइ। बलिउड वृत्तमा हिरोइन प्रियंका चोपडाको बिहेको चर्चा छ । प्रियंका चोपडा र निक जोनसले १८ अगष्टमा मुम्बइमा सगाइको घोषणा गरे।

प्रियंकाको बिहेको कुराले बलिउडमा निकै चर्चा पायो। पछिल्लो समय भने उनको विवाहको विषयमा १३ वर्षअघि गरिएको एउटा भविष्यवाणी निकै चर्चामा छ। पिंकविलाको रिपोर्टअनुसार चर्चित ज्योतिष संजय बी जुबानीले १३ वर्षअघि २००५ मै भनेका थिए कि प्रियंकाले ३६ वर्षको उमेरमा बिहे गर्नेछिन् । जुबानी बलिउड सेलिब्रेटीका बीच सबैभन्दा चर्चित एस्ट्रोलोजस हुन्।

रिपोर्टका अनुसार प्रियंकाको ३६ औं जन्मदिनको दिन नै निकले उनलाई बिहेको लागि प्रपोज गरेका थिए। जुमानीको भविष्यवाणी अनुसार प्रियंका एक सफल फिल्म निर्मात्री बन्नेछिन् । उनले प्रियंकाले ४५ वर्षको उमेरमा राजनीतिमा समेत पाइला राख्न सक्ने भविष्यवाणी गरेका छन् । प्रियंकाले एउटा प्रोडक्सन कम्पनी पनि चाइरहेकी छिन् र उनको कम्पनीले केही फिल्म निर्माण पनि गरिसकेको छ । १३ वर्ष पुराना २ भविष्यवाणी सत्य साबित भएसँगै तेस्रो भविष्यवाणी सफल होला कि नहोला भन्नेमा चासो बढेको छ।

तेसे भविष्यवाणीको विषयमा भने अहिल्यै केही भन्न सकिने अवस्था छैन । तेस्रो भविष्यवाणीबारे जान्न अझै ९ वर्ष पर्खनुपर्नेछ । यद्यपि अझै ९ वर्षपछि प्रियंका राजनीतिमा आउने सम्भावना भने छ । बलिउडमा धेरै राजनीतिमा प्रवेश गरिरहेको पछिल्लो समय उनी पनि राजनीतिमा आउनुलाई ठूलो कुरा मान्न सकिन्न।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *