तुइनखोलामा सुक्खा पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा बन्द

डिसी नेपाल
२५ वैशाख २०८३ ७:२६

भरतपुर। नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलामा सुक्खा पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा ठप्प भएको छ।

आज बिहान पहिरो खसेपछि यो व्यस्त सडकखण्ड भएर चल्ने सवारी साधन र यात्रुहरू बीचमै रोकिएका छन्।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण सडक दुवैतर्फी अवरुद्ध भएको हो। अहिले सडक डिभिजन कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने काम सुरु गरिएको छ।

प्रहरी टोली र उपकरणहरू परिचालन गरी सडक पुनः सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि चितवनबाट काठमाडौँ र पोखरा जाने तथा उताबाट आउने सयौँ सवारी साधनहरूको लामो लाइन लागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *