सवारी दुर्घटनामा दुई जनाको मृत्यु

डिसी नेपाल
२७ वैशाख २०८३ १७:४५

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

चितवनको रत्ननगर नगरपालिका-१४ घोलचोकस्थित सडकमा टाँडीबाट भट्टचोकतर्फ आउँदै गरेको ग.८ प २००८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१४ बस्ने ७५ वर्षीया कृष्ण माया मगरको शनिबार बेलुकी मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी उनको स्थानीय बकुलहर अस्पताल टाँडीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

मोरङको रंगेली नगरपालिका-४ चोप्रहास्थित सडकमा चोप्रहाबाट रंगेलीतर्फ जाँदै गरेको प्र.१-०४-००३ प ००२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ७३ वर्षीया कलिया देवी मण्डलको शनिबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *