रास्वपाका १५ सदस्यको सदस्यता खारेज

डिसी नेपाल
२७ वैशाख २०८३ २१:३०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी हित विपरीत कार्यमा संलग्न रहेको आरोपमा १५ जना सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ।

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

पार्टीका अनुसार अनुशासन तथा संगठनात्मक मर्यादा उल्लंघन गरेको आधारमा सदस्यता खारेज गरिएको हो। यद्यपि, खारेज गरिएका सदस्यहरूको नाम सार्वजनिक गरिएको छैन।

सचिवालय बैठकले आन्तरिक अनुशासन सुदृढीकरण र संगठनात्मक शुद्धीकरणलाई प्राथमिकता दिँदै आगामी दिनमा थप निगरानी गर्ने संकेतसमेत दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *