कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

डिसी नेपाल
२८ वैशाख २०८३ १२:२३

काठमाडौं। नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम श्रेणी सीजी मेरिडिया अन्तर्गत अत्याधुनिक ड्रिप कफी मेकर बजारमा ल्याएको छ।

यसअघि सार्वजनिक गरिएको एस्प्रेसो मेकरको सफलतापछि कम्पनीले नेपालमा बढ्दो कफी संस्कृति र चिसो मौसमलाई मध्यनजर गर्दै यो नयाँ उपकरण सार्वजनिक गरेको हो।

घर वा कार्यालयमै क्याफे जस्तै फ्रेस ब्रुअड कफीको स्वाद लिन चाहने उपभोक्ताहरूका लागि यो मेसिन उत्कृष्ट विकल्प हुने कम्पनीले विश्वास लिएको छ।

विशेष गरी ठूला परिवार र कर्पोरेट कार्यालयहरूलाई लक्षित गरी ल्याइएको यस ड्रिप कफी मेकरमा १.२५ लिटर क्षमताको ग्लास क्याराफे (सिसाको जग) रहेको छ। ७५० वाटको शक्तिशाली पर्फर्मेन्स क्षमता भएको यो मेसिनले निकै कम समयमा कफी तयार पार्छ।

यसमा कफी बनेको ४० मिनेट पछिसम्म पनि तातो र ताजा राखिरहन विशेष वर्मिङ प्लेट जडान गरिएको छ। साथै, कफी चुहिनबाट रोक्न एन्टी–ड्रिप स्टप मेकानिजम र सुरक्षाका लागि अटो-सट अफ तथा बोइल ड्राई प्रोटेक्सन जस्ता स्मार्ट सुविधाहरू समेत समावेश छन्।

आकर्षक ब्ल्याक र सिल्भर प्रिमियम फिनिसिङमा उपलब्ध यो कफी मेकर देशभरका २८ वटा सीजी डिजिटल शोरुम, आधिकारिक बिक्रेता र अनलाइन पोर्टल मार्फत खरिद गर्न सकिन्छ।

सीजीले ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको भरपर्दो प्राविधिक सहयोगको सुनिश्चितता समेत गरेको छ। नेपालमा कफी पिउने संस्कार जीवनशैलीकै रूपमा विकास भइरहेको अवस्थामा यसले उपभोक्ताको भान्सालाई अझ स्मार्ट र आधुनिक बनाउने कम्पनीको दाबी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *