कांग्रेसलाई नयाँ ऊर्जा दिन जरा अभियान : महामन्त्री पौडेल
सुर्खेत। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसलाई नयाँ ऊर्जासहित पुर्नजागरण गर्न जरा अभियान थालिएको बताएका छन्। उनले अभियानले कुनै गुट र सिमित ब्यक्तिहरुलाई केन्द्रित नबनाएबको बताएका छ्न्।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै महामन्त्री पौडेलले नेपाली कांग्रेसले गठबन्धनको राजनितिलाई काँग्रेसले अन्त्य गरेको र सबै निर्वाचन क्षेत्रमा काँग्रेसले आफ्ना उम्मेदवारहरु उठाउन सफल भएको बताए।
‘चुनाव जित्नकै लागि गठबन्धन गरेर बिचार र सिद्वान्तलाई छोडेर जाने कार्यको अन्त्य भएको छ’ उनले भने, ‘सत्तामा जानकै लागि जोफसंग पनि गठबन्धन हुँदैन। आफ्नो सिद्वान्त बोकेर जनतासंग जान चाहन्छ।’
काँग्रेसका क्रियाशील सदस्यहरुले अभिलेख व्यवस्थित गर्न र सदस्यता इतिहास सुरक्षित गर्न सदस्यता अध्यावधिक थालिएको उनले बताए। सदस्यताका बिषययमा आएका विभिन्न टिप्पणीहरुको खण्डन गर्दै उनले सदस्यहरुबीच भावनात्मक निकटताका लागि पनि आवश्यक भएको उनको भनाइ छ।
विगतमा के भयो भन्ने भुल्दै सिंगो पार्टी एकता अहिलेको आवश्यकता भएको भन्दै उनले पार्टी एकताका लागि प्रयास भई रहेको उनले बताए। प्रतिष्पर्धाको राजनितिमा सदस्यता डिजिटलाइजेसन पनि जरुरी भएको उनको भनाई छ।
काँग्रेसको प्रदेश स्तरीय भेलामा सभापति गगन कुमार थापा, उपसभापति बिश्वपणरकाश पौडेललगायतका नेताहरुको सहभागिता रहेको छ।







डिसी नेपाल







Facebook Comment