प्रतिनिधिसभा बैठक बस्दै

डिसी नेपाल
२९ वैशाख २०८३ ८:१५

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्ने छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए। चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *