गरिमा विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ बाट सम्मानित

डिसी नेपाल
२९ वैशाख २०८३ ११:४२

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले यस वर्षको ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ को प्रतिष्ठित उपाधि हात पारेको छ। न्यु बिजनेस एज लिमिटेडले वैशाख २५ गते काठमाडौंमा आयोजना गरेको ‘न्युबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’ को दशौँ संस्करणमा बैंक यस विधामा उत्कृष्ट घोषित भएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न विशेष समारोहमा बैंकलाई सो अवार्ड हस्तान्तरण गरिएको थियो। कुशल व्यवस्थापन, वित्तीय अनुशासन र उत्कृष्ट सेवा प्रवाहका आधारमा बैंकले यो सम्मान पाएको हो। यस उपलब्धिले ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने बैंकको लक्ष्यमा थप हौसला थपेको बैंकले जनाएको छ।

बैंकले यो सुखद अवसरमा आफ्ना सम्पूर्ण ग्राहक, शेयरधनी, कर्मचारी, नियमनकारी निकाय तथा शुभचिन्तकहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। यो गरिमा विकास बैंकका लागि मात्र नभई समग्र विकास बैंक क्षेत्रकै लागि गौरवको विषय बनेको छ।

गरिमा विकास बैंकले पछिल्लो समय अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा लगातार सफलता हासिल गरिरहेको छ। यसअघि सन् २०२५ अगस्टमा भारतीय चेम्बर अफ कमर्शद्वारा आयोजित ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’ मा बैंकले ‘द बेस्ट बैंक’ र ‘बेस्ट एआई/एमएल इम्प्लिमेन्टेसन’ विधामा उत्कृष्ट अवार्ड जितेको थियो भने ‘बेस्ट एमएसएमई एक्सेलेरेसन’ मा रनर-अप भएको थियो। त्यस्तै, कर्पोरेट क्लब नेपालबाट समेत बैंकले कर्पोरेट एक्सिलेन्स अवार्ड प्राप्त गरिसकेको छ।

हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत करिब ९ लाख ग्राहकहरूलाई आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ। स्तरीय व्यवस्थापन र ग्राहक केन्द्रित सेवाकै कारण बैंकले एकपछि अर्को सफलता हासिल गर्दै बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *