भृकुटीमण्डपमा बजाजको ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु: १ लाखसम्म नगद छुट र आकर्षक सुविधा

डिसी नेपाल
२९ वैशाख २०८३ ११:४५

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकहरूका लागि विशेष अफरसहितको ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजित यो मेला वैशाख २८ गतेदेखि जेठ ३ गते (मे ११ देखि मे १७) सम्म सञ्चालन हुनेछ।

यस कार्निभलमा ग्राहकहरूले आफ्नो जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल लैजान सक्नेछन्। सवारीसाधनको उचित र पारदर्शी मूल्याङ्कनका लागि २२ जना अनुभवी मूल्याङ्कनकर्ताहरू खटाइएको कम्पनीले जनाएको छ।

एक्सचेन्ज प्रक्रियालाई अझ उत्साहजनक बनाउन नयाँ बजाज खरिद गर्दा ग्राहकहरूले १ लाख रुपैयाँसम्मको नगद छुट समेत प्राप्त गर्न सक्नेछन्।

नगद छुटका अतिरिक्त कार्निभल स्थलमै सहज वित्तीय सुविधा (फाइनान्स), निःशुल्क एसेसरिज र निःशुल्क सेवा शुल्क जस्ता सुविधाहरू उपलब्ध गराइएको छ। कम्पनीका अनुसार ग्राहकको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै पुरानो सवारीको उत्कृष्ट मूल्य प्रदान गर्ने उद्देश्यले यो बृहत् मेला आयोजना गरिएको हो।

बजाज नेपालले आफ्ना ग्राहकहरूलाई सधैं नयाँ र आकर्षक योजनाहरू मार्फत जोड्दै आएको छ। भृकुटीमण्डपको यो विशेष मेलाले नयाँ सवारीको खोजीमा रहेकाहरूलाई एउटै छानामुनि सबै सुविधा उपलब्ध गराउने विश्वास लिइएको छ। कम्पनीले इच्छुक सबैलाई समयमै कार्निभलमा सहभागी भई यी विशेष सुविधाहरूको लाभ लिन आह्वान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *