नेकपा (एमाले) संसदीय दलले पायो पूर्णता, पद्मा अर्याल उपनेता मनोनित

डिसी नेपाल
२९ वैशाख २०८३ १२:०२

काठमाडाैं। नेकपा (एमाले) संसदीय दलको रिक्त पदमा मनोनयन भएसँगै दलको संरचनाले पूर्णता पाएको छ।

दलका नेता रामबहादुर थापा ‘बादल’ले रिक्त रहेको उपनेता पदमा पार्टी सचिव एवं पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेका छन्।

समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य बनेकी अर्याललाई संसदीय दलको महत्वपूर्ण जिम्मेवारी सुम्पिएसँगै एमालेको संसदीय नेतृत्वले पूर्ण स्वरूप ग्रहण गरेको छ।

प्रमुख सचेतक ऐन महरका अनुसार अर्यालको मनोनयनसँगै अब दलको नेतृत्व तहमा नेता रामबहादुर थापा ‘बादल’, उपनेता पद्मा अर्याल, प्रमुख सचेतक ऐन महर र सचेतकमा नीता घतानी रहेका छन्।

यसअघि नै प्रमुख सचेतक र सचेतकको टुङ्गो लागिसकेको भए पनि उपनेता चयन हुन बाँकी रहेको थियो। जिम्मेवारी बाँडफाँडको यो प्रक्रिया सकिएसँगै संघीय संसद्मा पार्टीको उपस्थिति र भूमिकालाई अझ प्रभावकारी तथा संगठित रूपमा अगाडि बढाउन थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *