परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघीय महिला निकायकी उपकार्यकारी निर्देशक गुम्बोन्जभान्डाबीच भेट

डिसी नेपाल
२९ वैशाख २०८३ १७:४३

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राष्ट्रसंघीय महिला निकायकी उपकार्यकारी निर्देशक न्याराडजायी गुम्बोन्जभान्डाले शिष्टाचार भेट गरेकी छन्।

सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपालले लैङ्गिक समानता तथा महिला सशक्तीकरणका क्षेत्रमा हासिल गरेको प्रगतिबारे छलफल भएको मन्त्रालयले जानकारी दिएको छ। साथै नेपाल र संयुक्त राष्ट्रसंघीय महिला निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *