कांग्रेस उपसभापति शर्मासहितका नेता ओली निवास गुण्डुमा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका नेताहरू उनको निवास भक्तपुरस्थित गुण्डु पुगेका छन्।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा ओलीलाई भेट्न गुण्डु पुगेका हुन्।
उनीहरूबीच ६ वटा प्रदेशमा विगतमा भएको सहमति अनुसार आलोपालो मुख्यमन्त्री बन्ने विषयमा छलफल भएको बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment