प्रधानमन्त्रीले संसदलाई जवाफ नदिने

डिसी नेपाल
३० वैशाख २०८३ १०:३४

काठमाडौँ । संघीय संसदमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्। नीति तथा कार्यक्रममाथिका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने अभ्यास भए पनि यस पटक प्रधानमन्त्रीले संसद फेस नगर्ने भएका हुन् ।

यसअघि संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने उल्लेख भए तापनि अन्तिम समयमा आएर अर्थमन्त्री वाग्लेले उक्त जिम्मेवारी सम्हाल्ने तय भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते संसदमा वाचन गरेको नीति तथा कार्यक्रममाथि हिजो दलका नेताहरूले आफ्नो धारणा राखेका थिए।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने, प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र आजै पारित गर्ने संसद सचिवालयको तयारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *