प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने अडान, प्रतिनिधि सभाको तेस्रो बैठकमा अवरोध

डिसी नेपाल
३० वैशाख २०८३ १७:३८

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएको भन्दै आक्रोशित विपक्षीहरूले तेस्रो बैठकमा पनि नाराबाजी र अवरोध कायमै राखेका हुन्।

बुधबार बसेका पहिलो र दोस्रो बैठकमा जस्तै तेस्रो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

उनीहरूले नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने र उनको उपस्थितिबिना छलफल अगाडि बढ्न नसक्ने अडान दोहोर्‍याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *