इनड्राइभ विश्वकै दोस्रो धेरै डाउनलोड हुने राइड–हेलिङ एप, ‘सुपर एप’ तर्फको यात्रा तीव्र
काठमाडाैं। ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ लगातार चौथो वर्ष पनि विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप बन्न सफल भएको छ।
मार्केट इन्टेलिजेन्स फर्म सेन्सर टावरको पछिल्लो प्रतिवेदनअनुसार, इनड्राइभले यो स्थान सुरक्षित राख्दै ट्राभल विधामा समेत उल्लेख्य सुधार गरेको छ। सन् २०२४ मा पाँचौँ स्थानमा रहेको यो एप अहिले विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड हुने ट्राभल एपको सूचीमा चौथो स्थानमा उक्लिएको छ।
चालक र यात्रुबीच आपसी सहमतिमा भाडा तय गर्न सकिने ‘पियर–टु–पियर’ मूल्य निर्धारण मोडलका कारण लोकप्रिय यो एप हालसम्म ४०० मिलियनभन्दा बढी पटक डाउनलोड भइसकेको छ।
विश्वका ४८ देशका १,१०० भन्दा बढी शहरहरूमा उपलब्ध यस प्लेटफर्ममार्फत हालसम्म ८ बिलियनभन्दा बढी कारोबार सम्पन्न भइसकेका छन्। इनड्राइभले पछिल्लो समय आफूलाई केवल राइड–हेलिङमा मात्र सीमित नराखी ‘सुपर एप’ को रूपमा विकास गरिरहेको छ, जसअन्तर्गत अन्तरशहरी यातायात, कुरियर, ग्रोसरी डेलिभरी र वित्तीय सेवाहरू समेत विस्तार गरिएका छन्।
कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (AI) र एड्भान्स एनालिटिक्स जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप प्रभावकारी बनाएको छ। मेसिन लर्निङमार्फत सही समयको जानकारी (ETA) दिने र प्रयोगकर्ताको रुचिअनुसार सेवाहरू उपलब्ध गराउने कार्यले यसको लोकप्रियता बढाएको हो।
इनड्राइभका फाउन्डर एवं सीईओ आर्सेन टम्स्कीले यो सफलतालाई प्रयोगकर्ताको विश्वास र निष्पक्षताप्रतिको प्रतिबद्धताको प्रतिफल मान्दै भविष्यमा अझ पहुँचयोग्य र सुरक्षित सेवा विस्तार गर्ने लक्ष्य रहेको बताएका छन्।
नेपालजस्ता उदीयमान बजारहरूमा इनड्राइभको ‘फेयर प्राइसिङ’ मोडलले प्रयोगकर्तालाई पारदर्शिता र लचिलोपन प्रदान गर्दै आएको छ। किफायती सेवा र छनोटको स्वतन्त्रताले गर्दा नेपाली शहरी यातायातको परिदृश्यमा पनि यो प्लेटफर्म चालक र यात्रु दुवैको प्राथमिकतामा पर्न सफल भएको छ।







डिसी नेपाल







Facebook Comment