फेरि उकालो लाग्यो सुनचाँदीको भाउ, कति पुग्यो?

डिसी नेपाल
३१ वैशाख २०८३ ११:१९

काठमाडाैं। स्थानीय बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो।

महासङ्घले निर्धारण गरेको नयाँ दरअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसअघि गत मंगलबार भने सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँ रहेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ। आज चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँ कायम भएको छ, जुन हिजो बुधबार ५ हजार ७१० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ४ हजार ७०० अमेरिकी डलर र चाँदी ८७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको समाचार संस्थाहरूले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *