अर्थमन्त्री वाग्ले राष्ट्रिय सभामा सम्बोधन गर्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेस हुने
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्।
सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा सदस्यहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।
अर्थमन्त्रीको जवाफ लगत्तै नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। संशोधन प्रस्तावको निर्णयपछि आर्थिक वर्ष २०८३/८४ को सरकारी नीति तथा कार्यक्रमलाई सभामा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।
विनियोजन विधेयकको प्रस्तुति: नीति तथा कार्यक्रमको कार्यसूची सकिएपछि आजै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ सभामा पेस गर्ने छन्।
सरकारले नीति तथा कार्यक्रम पारित भएसँगै जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्थाअनुसार आज बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुन लागेको हो।







डिसी नेपाल







Facebook Comment