ज्योति प्रकाश पाण्डेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले ज्योति प्रकाश पाण्डेका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा ‘कारण देखाउ’ आदेश जारी गरेको छ।
बिहीबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उक्त आदेश जारी गरेको हो। अदालतले पाण्डेलाई नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सम्बन्धित निकायसँग लिखित स्पष्टीकरण माग गरेको छ।
प्रारम्भिक सुनुवाइपछि इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा थप निर्क्योल गर्न दुवै पक्षलाई छलफलका लागि बोलाउने निर्णय समेत गरेको छ। विपक्षीहरूबाट जवाफ प्राप्त भएपछि दुवै पक्षको बहस सुनेर अदालतले आवश्यक आदेश दिनेछ।
पाण्डेलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो। नेपाल इन्भेष्टमेण्ट बैंकिङका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) पाण्डेलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment