नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्ने
काठमाडौं । नेकपा (एमाले)ले आगामी शनिबारका लागि केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ। एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको हो।
बैठकमा वर्तमान राजनीतिक परिस्थिति, सुकुम्बासीका समस्या तथा जनपक्षीय सवालहरूमा केन्द्रित रहेर छलफल हुने शाहीले जानकारी दिए। ‘पर्सी बस्ने सचिवालय बैठकमा समसामयिक राजनीति, सुकुम्बासीका सवाल एवं विभिन्न जनपक्षीय विषयहरू कार्यसूचीका रूपमा रहेका छन्,’ उनले भने।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने उक्त बैठकको स्थान भने अझै निश्चित भइसकेको छैन। बैठक अध्यक्ष ओलीको निजी निवास भक्तपुरको गुण्डु वा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमध्ये एक ठाउँमा बस्ने प्रचार विभाग प्रमुख शाहीले बताए।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र सुकुम्बासी व्यवस्थापनका विषयमा एमालेले चाल्ने आगामी कदमका दृष्टिले यो बैठकलाई महत्वका साथ हेरिएको छ।







डिसी नेपाल







Facebook Comment