नेपाली बजारमा माइडियाको नयाँ चेस्ट फ्रिजर सार्वजनिक: सुपर फास्ट कुलिङ र इनभर्टर प्रविधि मुख्य आकर्षण
काठमाडाैं। माइडियाले नेपाली बजारमा आफ्नो नयाँ १९८ लिटर क्षमताको ‘हार्ड टप सिंगल डोर चेस्ट फ्रिजर’ (मोडेल: MDRC362FZG43D) आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
आधुनिक परिवार र व्यावसायिक आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको यो फ्रिजरमा शक्तिशाली फ्रिजिङ, ऊर्जा बचत र स्मार्ट सुविधाहरूको उत्कृष्ट संयोजन रहेको कम्पनीले जनाएको छ ।
यसमा रहेको डीप फ्रिजिङ टेक्नोलोजीले तापक्रमलाई -३० डिग्री सेल्सियससम्म पुर्याउन सक्छ, जसका कारण खाद्य सामग्रीको स्वाद, ताजापन र पोषण लामो समयसम्म सुरक्षित रहन्छ । यस फ्रिजरको अर्को महत्वपूर्ण विशेषता यसमा प्रयोग गरिएको ‘इनभर्टर क्वाट्रो टेक्नोलोजी’ हो, जसले बिजुलीको खपत कम गर्नुका साथै तीव्र कुलिङ र शान्त सञ्चालन सुनिश्चित गर्दछ ।
केवल ३७ डेसिबलको न्यून ध्वनि स्तर भएकाले यो घर र व्यवसाय दुवैका लागि अत्यन्तै उपयुक्त मानिएको छ । साथै, यसमा रहेको ‘फोर साइड कुलिङ’ र ‘डी+ कुलिङ सिस्टम’ले फ्रिजरको भित्री भागमा समान रूपमा चिसोपन फैलाउँछ भने ‘कनभर्टिबल सुविधा’ मार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसलाई फ्रिज वा फ्रिजर मोडमा परिवर्तन गर्न सक्नेछन् ।
नेपालको विद्युत् अवस्थालाई मध्यनजर गर्दै माइडियाले यसमा वाइड भोल्टेज सपोर्ट र आउटेज मेमोरी जस्ता सुविधाहरू समावेश गरेको छ, जसले बिजुली जाँदा पनि लामो समयसम्म चिसोपन कायम राख्न मद्दत गर्दछ ।
आकर्षक घुमाउरो डिजाइन र मल्टि-एङ्गल होभर डोरसहित आएको यो उत्पादन CG Electronics मार्फत नेपाली बजारमा उपलब्ध रहेको छ । आधुनिक प्रविधि, ऊर्जा बचत र टिकाउ गुणस्तरका कारण माइडियाका सामग्रीहरू नेपाली उपभोक्तामाझ लोकप्रिय र विश्वासिलो ब्रान्डका रूपमा स्थापित हुँदै गएका छन् ।







डिसी नेपाल







Facebook Comment