टाटा मोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु: विद्युतीय गाडीमा आकर्षक अफर
काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरूलाई आधुनिक र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” आयोजना गरेको छ ।
जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने यस विशेष क्याम्पमा ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर टाटाका नयाँ गाडीहरू सहजै खरिद गर्न सक्नेछन् ।
यस एक्सचेन्ज क्याम्पअन्तर्गत ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन, र निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ जस्ता सुविधाहरू प्राप्त गर्नेछन् । यसका अतिरिक्त निःशुल्क एक्सेसरिज, वार्षिक सवारी करमा छुट तथा होम चार्जिङ जडानको सुविधा समेत उपलब्ध गराइएको छ ।
क्याम्पमा टाटा मोटर्सका लोकप्रिय विद्युतीय (EV) र आइसिई (ICE) दुवै सेगमेन्टका मोडलहरू प्रदर्शनमा राखिएका छन् । सिप्रदी एस्योर्ड प्रा.लि. मार्फत गाडीको मूल्याङ्कन हुने यस अवसरको लाभ लिन कम्पनीले देशभरका शोरुमहरूमा ग्राहकलाई आमन्त्रण गरेको छ ।







डिसी नेपाल







Facebook Comment