प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच बालुवाटारमा भेटवार्ता, बजेट र नीति तथा कार्यक्रमबारे छलफल
काठमाडौं। प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच समसामयिक राजनीतिक तथा आर्थिक विषयमा विशेष भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार दिउँसो भएको उक्त भेटघाटमा उनीहरूबीच मुलुकको पछिल्लो आर्थिक अवस्था र आगामी योजनाका बारेमा संवाद भएको हो।
भेटका क्रममा सरकारले बिहीबार मात्रै पारित गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र त्यसकै आधारमा ल्याइने बजेटका विषयमा सघन छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
नीति तथा कार्यक्रममा समेटिएका योजनाहरूलाई बजेटमार्फत कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्नेबारे उनीहरूबीच मुख्य कुराकानी भएको थियो।
प्रधानमन्त्री शाहसँगको झन्डै एक घण्टा लामो छलफल सकेर अर्थमन्त्री डा. वाग्ले केहीबेरअघि मात्रै प्रधानमन्त्री कार्यालयबाट बाहिरिएका हुन्।
सरकारले बजेट ल्याउने अन्तिम तयारी गरिरहेका बेला प्रधानमन्त्री र अर्थमन्त्रीबीच भएको यस भेटवार्तालाई निकै महत्त्वका साथ हेरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment