नेपाली बजारमा आधुनिक प्रविधियुक्त ‘गोदरेज भिजी कुलर’: व्यावसायिक भण्डारण र आकर्षक प्रदर्शनका लागि नयाँ विकल्प
काठमाडौं। व्यावसायिक प्रतिष्ठानहरूमा खाद्यान्न तथा पेय पदार्थको गुणस्तर कायम राख्दै तिनलाई आकर्षक रूपमा प्रदर्शन गर्ने उद्देश्यका साथ गोदरेज (Godrej) ले आफ्नो नयाँ ‘भिजी कुलर’ (Visi Cooler) श्रृंखला नेपाली बजारमा भित्र्याएको छ।
आधुनिक प्रविधि, ऊर्जा बचत प्रणाली र प्रयोगमैत्री सुविधाले सुसज्जित यो श्रृंखला विशेषगरी पेय पदार्थ, डेरी उत्पादन तथा चिसो तापक्रममा राख्नुपर्ने अन्य सामग्रीहरूको सुरक्षित र प्रभावकारी व्यवस्थापनका लागि डिजाइन गरिएको हो।
कम्पनीले यस श्रृंखलाअन्तर्गत दुईवटा फरक मोडेलहरू बजारमा ल्याएको छ:
VC EDXX 390X 1RNL RW: यस मोडेलमा ३६५ लिटर कुल क्षमता र ३४५ लिटर प्रयोगयोग्य (नेट) क्षमता रहेको छ।
VC EDXX 335X 1RNL RW: यस मोडेलमा ३१५ लिटर कुल क्षमता र २९५ लिटर प्रयोगयोग्य (नेट) क्षमता उपलब्ध छ।
यी दुवै मोडेलमा उपलब्ध पर्याप्त भण्डारण क्षमताका कारण व्यवसायीहरूले आफ्ना उत्पादनहरूलाई आवश्यकताअनुसार व्यवस्थित रूपमा भण्डारण गर्न सक्नेछन्।
यस भिजी कुलरमा प्रयोग गरिएको ‘लो इमिसिभिटी ग्लास’ (Low Emissivity Glass) प्रविधिले बाहिरी तापक्रमको प्रभावलाई रोक्दै भित्रको शीतल वातावरणलाई लामो समयसम्म कायम राख्छ, जसले गर्दा स्थिर तापक्रम कायम हुनुका साथै विद्युत् खपत समेत कम हुन जान्छ।
साथै, यसमा रहेको ‘लार्ज इभापोरेटर फ्यान’ (Large Evaporator Fan) ले कुलरभित्र चिसो हावालाई चारैतिर समान रूपमा फैलाउने भएकाले प्रत्येक भागमा एकैनासको शीतलन (कुलिङ) सुनिश्चित हुन्छ। यो समान तापक्रम वितरणले उत्पादनको ताजापन र गुणस्तरलाई लामो समयसम्म जोगाएर राख्छ।
कुलरभित्र राखिएका सामग्रीहरूको दृश्य प्रदर्शन (डिस्प्ले) लाई सफा र स्पष्ट बनाउन यसमा ‘एन्टि-कन्डेन्सेसन सिस्टम’ (Anti-Condensation System) राखिएको छ। यस प्रविधिले कुलरको काँचको सतहमा बाफ वा पानी जम्न दिँदैन, जसले गर्दा ग्राहकले बाहिरबाटै सामानहरू स्पष्ट देख्न सक्छन्।
यसबाहेक, भित्री भागमा जडान गरिएको आकर्षक ‘एलईडी इल्युमिनेटेड इन्टेरियर’ (LED Illuminated Interior) ले कम बिजुली खपत गरेर उत्पादनहरूलाई उज्यालो र लोभलाग्दो रूपमा प्रस्तुत गर्न मद्दत गर्दछ।
अत्याधिक गर्मी वा उच्च तापक्रम भएको वातावरणमा पनि यस कुलरले आफ्नो कार्यसम्पादनलाई बिनाअवरोध निरन्तरता दिन सकोस् भन्नका लागि यसमा ‘ट्रपिकलाइज्ड कम्रेसर’ (Tropicalised Compressor) प्रयोग गरिएको छ।
यसले जुनसुकै मौसमी अवस्थामा पनि भरपर्दो शीतलन क्षमता प्रदान गर्दछ। उपभोक्ताको सहजताका लागि यसमा ‘एड्जस्टेबल सेल्भ्स’ (Adjustable Shelves) को सुविधा पनि छ, जसलाई सामानको आकार र प्रकारअनुसार तल-माथि गरेर मिलाउन सकिन्छ।
मुलुकमा ऊर्जा बचत गर्ने ‘एनर्जी-एफिसेन्ट कुलिङ सिस्टम’ सहित आएको यो कुलरले व्यावसायिक प्रयोगका क्रममा बिजुली खर्चलाई नियन्त्रणमा राख्दै दीर्घकालीन सेवा प्रदान गर्ने विश्वास गरिएको छ।
नेपालमा गोदरेज ब्रान्डका होम अप्लायन्स उत्पादनहरूको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्स (CG Electronics) रहेको छ। नेपाली बजारमा गोदरेजका भिजी कुलरका साथै रेफ्रिजरेटर, चेस्ट फ्रीजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र एयर कन्डिसनर जस्ता उत्पादनहरू पनि उपभोक्तामाझ निकै लोकप्रिय रहँदै आएका छन्।







डिसी नेपाल







Facebook Comment