धनुषामा ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ
जनकपुर। धनुषाको धनुषाधाम नगरपालिका वडा नं.८ बाट ठूलो परिमाणमा लागु औषधसहित एक जना युवक पक्राउ परेको छ।
आइतबार (हिजो) बेलुका जिल्ला प्रहरी कार्यालय धनुषा ढल्केवर र लागुऔषध ब्यूरो शाखा कार्यालय वर्दिवास महोत्तरीबाट खटिएको संयुक्तटोलीले छापा मारेर विभिन्न लागुऔषधसहित धनुषाको गणेशमान चारनाथ नगरपालिका १का ३४ वर्षिय सन्तोष कुमार विश्वकर्मालाई पक्राउ गरेको धनुषा प्रहरीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।
विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले धनुषाधामस्थित समिक्षा हेल्थ केयर प्रा.लिमा खानतलासी गरेको थियो। सो क्रममा उक्त हेल्थ केयर प्रा.लि सञ्चालित घरको भुई तलाको पछाडि तर्फको कोठाभीत्र लुकाई छिपाई कार्टुन र प्लास्टिकको पोकामा राखिएको अवस्थामा ठूलो परिमाणमा लागुऔषधहरु फेला परेको धनुषा प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment