सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाद्वारा ल्होत्से हिमालको सफल आरोहण

डिसी नेपाल
४ जेठ २०८३ २२:२४

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले ल्होत्से हिमालको सफल आरोहण गरेकी छन्।

यसअघि मे १७ तारिख बिहान १० बजेर २० मिनेटमा उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत सफल आरोहण गरेकी थिइन्। उनीसँगै सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले समेत विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *