बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१७ खुसिबु बस्ने नुवाकोट म्यागङ गाउँपालिका-६ घर भएका ५३ वर्षीय सुवास प्रधानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपलिका-१६ नयाँबजारबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment