प्रतिनिधिसभा बैठक आज बस्दै, विनियोजन विधेयकमाथिको छलफलमा अर्थमन्त्री वाग्लेले जवाफ दिने
काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको हो।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
यसैगरी, बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलले निरन्तरता पाउनेछ। उक्त छलफलमा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची समेत तय गरिएको संसद् सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment