रास्वपा सांसद कृष्णकुमार कार्कीको विवादित प्रकरण संसद्मा: वास्तविकता स्पष्ट पार्न नेकपा सांसद पार्वती विकको माग
काठमाडौं। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की जोडिएको एक विवादित प्रकरणले प्रवेश पाएको छ।
सांसद कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको गम्भीर आरोप लागेपछि उक्त विषयलाई लिएर संसद्मा आवाज उठेको हो।
आजको बैठकमा विशेष समय लिएर बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले सामाजिक सञ्जालमा भाइरल भइरहेको सो प्रकरणप्रति संसद्को ध्यानाकर्षण गराइन्।
सांसद विकले भनिन्, ‘एकजना सत्तापक्षका सांसदले एक विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा यत्रतत्र छ। यो कुराले असाध्यै पीडादायी अवस्था सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूलाई बुझ्ने तरिका के हो ? विदेशीले हाम्रो देशलाई कसरी हेर्छन् र हामीलाई कुन ढङ्गले बुझ्छन् ?’
सांसद विकले राष्ट्रकै प्रतिष्ठा र नैतिकतासँग जोडिएको यस्तो गम्भीर प्रकरणको वास्तविकताबारे सरकार र संसद्लाई अविलम्ब जानकारी गराउन माग गरिन्। साथै, उनले सामाजिक सञ्जालमा आएका यी आरोपहरू सत्य प्रमाणित भएमा सांसद कार्कीलाई तुरुन्त कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा समेत जोड दिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment